क्रान्तिकारीका ४ नेता सिंहदरबारबाट गिरफ्तार

काठमाडौं, अखिल (क्रान्तिकारी) का चार जना विद्यार्थी नेतालाई सिंहदरबार परिसरबाट प्रहरीले गिरफ्तार गरेको छ ।

प्रस्तावित शिक्षा विधेयक विरुद्ध आयोजित विरोध कार्यक्रमबाट सिंहदरबारको मुख्य गेटबाट उनिहरुलाई प्रहरीले गिरफ्तार गरेको हो ।

गिरफ्तार पर्नेमा अखिल (क्रान्तिकारी) का प्रदेश नं. ३ संयोजकउषाकिरण आजात, उपत्यका संयोजक हरि बिष्ट, केन्द्रीय सदस्य तथा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस संयोजक राजन साउद र केन्द्रीय सदस्य राहुल बिक रहेका छन् । उनिहरुलाई महानगरीय प्रहरी वृत सिंहदरबारमा राखिएको छ ।

अखिल (क्रान्तिकारी) ले सरकारको तर्फबाट संसदमा दर्ता गरिएको विद्यालय शिक्षा सम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ‘शिक्षा विधेयक २०८०’ पश्चगामी तथा जनविरोधी भएको भन्दै देशव्यापी रुपमा संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।