जुम्लामा मध्यराति ७ घरमा कसले लगायो आगो ?

सुर्खेत, जुम्लाको गुठीचौर गाउँपालिका–४ मा सातवटा घरमा अज्ञात समूहले आगो लगाएको छ। शुक्रबार राति १० बजेदेखि १२ बजेसम्मको समयमा ती घरमा आगजनी गरिएको हो।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार गुठीचौरका ५ देखि ७ वटासम्म घरमा आगलागी भएको छ। तर अगो कसले अगायो भन्ने बारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले बताएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीले गएराति आगलागी भएको खबर पाएपछि प्रहरीको टोली घटनास्थलतर्फ पठाइएको जानकारी दिए।

उनले भने, ‘पाँचदेखि सातवटासम्म घरमा आगलागीबाट आशिंक रुपमा क्षति पुगेको छ। शुक्रबार राति १० बजेदेखि १२ बजेको समयमा अज्ञात समूहद्वारा आगो लगाएको भन्ने खबर प्रहरीलाई आएको थियो। उक्त आगो कसैको घरको ढोकामा, झ्यालमा लगाइएको छ।’

घरमा आगो लागेको पीडितले थाहा पाएपछि आगो लगाउने समूह भागेको थियो। त्यसपछि पीडितहरुले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीका अनुसार आगजनी कसले र किन गर्‍यो भन्ने विषय अहिलेसम्म खुलेको छैन। आगजनी एउटै गाउँमा नभई विभिन्न गाउँका घरमा भएको प्रहरीले जनाएको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ।