नेपालगञ्जमा खुल्यो फरक स्वाद सहितको अली बाबा बिरयानी सेन्टर

नेपालगञ्ज, बिपि चोक स्थित अली बाबा बिरयानी सेन्टर खुलेको छ । फरक स्वाद सहित बिरीयनी सेन्टर खुलेको हो । खानपिनको प्रसंगमा चर्चित रहेको नेपालगञ्जमा अलिबाबा बिरियनी सेन्टरले फरक स्वाद दिने संचालक ग्रुपले बताएको छ ।

चाट पकौडा देखि लिएर पानी पुरीसम्म पाइने नेपालगञ्ज बिरियनीको पनि चर्चित ठाउँ मानिन्छ । खानपिनको मामिलामा नमुना सहरको रूपमा चिनिने गरिन्छ । अनेकौं बिरयानी पसलहरु भए त पनि नेपालगञ्जमा नयाँ नयाँ बिरयानी पसलहरु खुल्दै छन् ।

बिपि चोक स्थित खुलेको अली बाबा बिरयानी एण्ड मम सेन्टरमा काश्मिरी बिरयानी हैदाराबादी बिरयानी लगायत चिकेन मटन बफ बिरयानी पाउनुका साथै अन्य परिकारका मम सेकुवा तन्दुरी रोटी पनि पाइने बताइएको छ ।

अली बाबा बिरयानी सेन्टर नयाँ पसल भएपनी ग्राहकहरुको निकै भिड हुने बताइएको छ । अली बाबाका प्रोप्राइटर अनवर अली शेष भोलाले सुरुवाती चरण रहेकोले ग्रहकहरुलाई विशेष छुट तथा सुविधा सहित सेवा प्रदान गरिने बताइएको छ ।