मुस्लिम जर्नालिस्ट क्लबद्वारा ७ जना सम्मानित

बाँके, मुस्लिम जर्नलिस्ट क्लब नेपालले ७ जना ब्याक्तित्वलाई अन्तर्राष्ट्रिय सेवा सम्मानबाट सम्मानित गरेको छ । बिहीबार नेपालगञ्ज उद्योग वाणिज्य संघको सभाहलमा मुस्लिम जर्नलिस्ट क्लबको आयोजनामा बिभिन्न ब्यक्तित्वहरूलाई सम्मान गरेको हो ।

एनआरएन नन रेसिडेन्ट नेपाली एसोसियसन क्यालिफोर्निया अमेरिकाद्वारा वरिष्ठ पत्रकार डक्ट धिताल र वरिष्ठ पत्रकार सिराज खानलाई ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा सम्मानबाट सम्मानित गरिएको छ ।

त्यस्तै कार्यक्रममा वरिष्ठ समाजसेवी तथा राजनितिज्ञ मोहम्मद हारुनलाई ‘अन्तर्राष्ट्रिय समाज सेवा सम्मान,नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहलाई ‘अन्तर्राष्ट्रिय जन सेवा सम्मान, वरिष्ठ वालरोग विशेषज्ञ डा. सकिल अहमदलाई ‘अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा सम्मान, पुर्व जनप्रतिनिधि शफिक बेहनालाई ‘अन्तर्राष्ट्रिय जन सेवा सम्मान र महेन्द्र मावि मटेहियाका प्रधानाध्यापक तुलसा शाहलाई ‘अन्तर्राष्ट्रिय शिक्षा सेवा सम्मानबाट सम्मानित गरिएको हो ।

उक्त अन्तरक्रिया तथा सम्मान कार्यक्रममा सहभागी अन्य समाजसेवी, अगुवा , पत्रकार, राजनीतिज्ञ अधिकारकर्मीलाई मायाको चिनोबाट सम्मानित गरिएको छ ।

प्रमुख अतिथि पुर्व भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राजनीतिक दलमा लागेका कार्यकर्ताहरुले नेपालको संविधानले सुनिश्चित गरेको हरेक क्षेत्रमा आफ्नो सहभागिताको माग राख्न जरुरी बताए । उनले भने, राजनीतिक विचारधारा फरक भएपनि सबैले समुदायको विकासका निम्ति एकजुट हुनुपर्छ । त्यस्तै नेकपा एमालेका केन्द्रीय सदस्य हारून हल्वाईले समेत समुदायको शैक्षिक स्थिति सुधार गर्नुपर्नेमा जोड दिए ।

नेकपा माओवादीका नेता मौलाना मन्सूर अहमद आर्फीले समेत उक्त कार्यक्रममा सहभागिता जनाए । उनले समुदायका अगुवा तथा नेताहरूलाई लक्षित गर्दै केवल भोट लिने काम भएको आरोप लगाए । उनले भने, समुदायले नेतृत्व गर्न दिएको अवसरहरु लाभदायक हुन सकेन ।

त्यस्तै नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले आफु समुदाय प्रती जिम्मेवार रहेकोले समुदायका लागि काम गरिरहेको बताए । उनले भने, हाम्रो समुदायमा बालबालिकाहरुलाई पढाउन निकै आनाकानी भैरहेको छ । उनले विद्यालय र मदरसा दुबैलाई प्रभावकारी बनाउन संघर्ष गरिरहेको जानकारी गराए ।

कार्यक्रममा समुदायको अन्य नेता, कार्यकर्ता, अधिकारकर्मी, पत्रकार , समाजसेवीहरुको सहभागिता थियो ।