मध्यपश्चिम विश्वविद्यालयको सम्बन्धन प्रकृया स्थगित गर्न पत्राचार
प्रकासित मिति : २०८० बैशाख २९, शुक्रबार ०८:०३
प्रकासित समय : ०८:०३
सुर्खेत, प्रधानमन्त्री कार्यालयले मध्यपश्चिम विश्वविद्यालयको सम्बन्धनको प्रकृया तत्कालका लागि स्थगित गर्न पत्राचार गरेको छ । प्रधानमन्त्री कार्यालयले बिहीबार विश्वविद्यालयको सम्बन्धन प्रकृया तत्कालका लागि स्थगित गर्न पत्राचार गरेको हो ।
साथै विश्वविद्यालयलाई १५ दिन भित्र हालसम्म भएका गतिविधिबारे प्रतिवेदन बुझाउन भनिएको छ। सम्बन्धको विषयलाई लिएर वैशाख १० यता विश्वविद्यालयमा विवाद भइरहेको छ ।