शिवालयमा किशोरीसंग उपाध्यक्ष कार्यक्रम थालनी

सुर्खेत, जाजरकोटको शिवालय गाउँपालिकामा किशोरीसँग उपाध्यक्ष कार्यक्रमको थालनी गरिएको छ । किशोरीलाई मध्यनजर गर्दै जाजरकोट जिल्लामै पहिलो पटक किशोरीहरुलाई सहजताको लागि उक्त कार्यक्रम सुरू गरिएको हो ।

मर्यादित महिनावारी हामी सबैको जिम्मेवारी भन्ने मुल नाराका साथ किशोरीसंग उपाध्यक्ष कार्यक्रम सुरु गरिएको हो । महिनावारीले किशोरीको सफलता नछेकोस भन्दै कार्यक्रम सुरु गरिएको बताइएको छ ।

किशोरीसंग उपाध्यक्ष कार्यक्रमलाई स्मार्ट कार्ड मार्फत सुरक्षित ठाउँ सुरक्षित सेनिटरी प्याड वितरण देखि समाजिक सचेतनाको अभियानका रूपमा लिने उपाध्यक्ष गीता शाहीले जानकारी दिइन ।

उपाध्यक्ष शाहीका अनुसार अभिभावकसँग आफ्ना समास्या सहजै भन्न सक्ने क्षमता वृद्धि नभएका किशोरीलाई सहज र सीमित हुने बताइएको छ । कार्यक्रम समाजिक रूपमा निक्कै प्रभावकारी हुने उपाध्यक्ष शाहीले बताइन ।

पहिलो चरण परीक्षणको रुपमा सुरु गरेपनि प्रभावकारी भए सबै तिर लागु गर्ने जानकारी दिइन। उनले भनिन् यदि यो प्रविधि सफल भएमा पालिकाका सबै विद्यालयमा सञ्चलान हुने छ।