जामा मस्जिदको वार्षिक जश्न ए दस्तार बन्दी सम्पन्न

नेपालगन्ज, लूम्बीनी प्रदेश को केन्द्र बिन्दू नेपालगञ्जमा सून्नीहरूको मरकज दारूल उलुम फैजुन्नबी जामा मस्जिद नेपालगञ्जले आफ्नो वार्षिक जश्न ए दस्तार बन्दी आफ्ना चार जना विद्यार्थिहरूलाई परम्परागत शाफा, पहिरन तथा प्रमाणपत्र प्रदान तथा बिभिन्न कार्यक्रम गरि सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा स्थानीय तथा भारतका सैय्यद जादाका साथ साथ बिभिन्न शहर का मौलाना तथा मूफ्ति हरूको सहभागिता रहेको जान्कारी संस्था का महा सचिव ईरफान सिद्धीकीले जानकारी गराए ।

उक्त कार्यक्रममा बोल्दै मूफ्ती अजहार अहमद अम्जदी (बरेली भारत) ले शिक्षा बिना जिवन अध्अंकार हूने हूनले मूस्लिम बालबालिकाले अनिवार्य हरेक खाले शिक्षा हासिल गर्नू पर्नेमा जोड दिए ।

कार्यक्रममा हिफ्ज गरिसकेका हाफिज ए कूरानलाई बिभिन्न व्यक्तिहरूले उपहार तथा ओल्मा काउन्सिल लूम्बिनी प्रदेश उपाध्यक्ष मूफ्ति कहफूलवरा मिस्बाहीले आफूले लेखेको इस्लामी पुस्तकहरू प्रदान गर्नु भएको थियो। कार्यक्रममा सहभागी हूनूभएको मूफ्ति मौलाना हरू मध्य केही उल्माहरुको दोशल्ला ओढाई सम्मान गरेको जान्कारी नाजिम ए आला जामा मस्जिद ईमाम शरिफूल कादरीले जान्कारी गराउनू भएको छ।

कार्यक्रमको समापन सैय्यद हस्सान बिन नूर वास्ति (बाराबकीं भारत) ले देश र समाज को प्रगति का लागी अल्लाह सगं दूआ गर्दै समापन गर्नुभएको थियो।