नरैनापुरमा शैक्षिक प्रदर्शनी मेला सम्पन्न

नरैनापुर, बाँकेको नरैनापुर गाँउपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा शैक्षिक प्रदर्शनी मेला सम्पन्न भएको छ । गाँउपालिका भित्रका माध्यमिक र प्राथमिक तहका सबै विद्यालयको मेलामा सहभागिता रह्यो ।

आज बिहिबार भएको मेलामा विद्यार्थीहरुले निर्माण गरेका शैक्षिक सामाग्री, विभिन्न आकार प्रकारका वस्तुहरु चित्रकलाको स्टल प्रदर्शनीका लागि राखिएको थियो ।

शैक्षिक प्रदर्शनी मेलाले विद्यार्थीहरुको रचनात्मक सिर्जना, बौद्विक क्षमता र ज्ञान अनि सिपको विकासमा थप टेवा पुग्ने अवलोकनकर्ताहरुले बताए ।