हात्तीपाइले रोग निवारण सम्बन्धी कार्यक्रम सन्चालन

नेपालगन्ज, बाँके नेपालगञ्ज वडा नम्बर ११ मा हात्तिपाइले रोग निवारणका लागी अभियान सन्चालन गरिएको छ।

बिहीवार वडा अध्यक्ष नन्द किशोर कश्यपको अध्यक्षतामा उद्धघाटन गरिएको हातिपाइले रोग निवारण कार्यक्रममा वडाबासीहरुलाई निशुल्क औषधी खोप लगाइएको छ।

वडा अध्यक्ष नन्दकिशोर कश्यपले यस अभियानमा सबै वडा बासीहरुले सघाउन आग्रह समेत गरे । साथै उनले स्वस्थ जीवनको लागि स्वस्थ परामर्श जरुरी रहेकोले खोप लगाएर सुरक्षीत हुनुपर्ने बताए ।

त्यस्तै वडामा आधारभुत स्वास्थ सेवा केन्द्रको इन्चार्ज सर्मिला सुवेदी, कविता लामिछाने अ.हे.ब.स्टाफ नर्स मानिशा खत्री, वडा सदस्य राजेश कुमार बैश्य लगाएतले अभियान कार्यक्रममा सहभागिता जनाएका थिए। नेपालगञ्ज वडा नम्बर ११ मा रहेको स्वस्थ चौकीमा आयोजना गरिएको उक्त कार्यक्रममा नागरिकहरुले खोप लगाएका हुन् ।