नेपालगन्जमा गरियो टिकटक मिट कार्यक्रम

नेपालगन्ज, आज माघ २१ गते शनिबार नेपालगन्ज धम्बोझी स्थित होटल समर्थ इनमा चौथो टिकटक मिट कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा नेपालमै पहिलो चोटी यस्तो कार्यक्रम सम्पन्न भएको हो।

टिकटक मिटको उद्देश्य विशेष गरी यस क्षेत्रमा रहेका टिकटक युजरहरुको एक आपसमा चिनाजानी गराउने र टिकटकलाई व्यवसायीकरण गर्दै कसरी आयआर्जन गर्ने भनेर छलफल समेत गरियो । उक्त कार्यक्रममा उपस्थित मध्य top 3 follower हरुलाई apprication को रुपमा प्रामाणपत्र पनि प्रदान गरियो ।

साथै बाँके जिल्लाको एकदम होनहार र्यापर N-Town समूहले प्रस्तुती पनि रहेको थियो त्यस्तै अर्यमान महापात्र ले आफ्नो सङ्तिक प्रसुती देखाएका थिए। त्यसै गरि गजलको प्रस्तुति शक्ति वैश्य र तौसिफ इराकीले दिएका थिए।

उक्त कार्यक्रमको सन्चालक रबि बस्नेत हुनुहुन्थयो । उक्त कर्यक्रमका प्रायोजक रिलाइन्स लाइफ इन्स्योरेन्स, राजा खान र स्मार्थ होटेलले गरेका हुन। सामाजिक सन्जाल पाट्नर नेपालगन्ज ग्यलारी र फोटोग्राफी पाट्नर आर. जि. बि. निहाल अखतर रहेका थिए।