गायक तुलसी सिवाकोटी र रिता केसीको ‘बसौन तिमी र म’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ । सिवाकोटीको अफिसियल युट्युब च्यानलबाट रिलिज उक्त गीतमा सिवाकोटीसंगै गायिका रिता केसीले आवाज दिएका छन् भने शब्द र संगीत रवि मल्लको रहेको छ ।

गीतलाई दीक्षित पौडेलले एरेन्ज गरेका छन् भने मिक्सिङ चन्द्र चौधरीले गरेका छन् । गीतको  भिडियोमा विकास लामिछाने र अलिया अधिकारी प्रेमील जोडीका रुपमा प्रस्तुत भएका छन् ।

भिडियोलाई क्यामेरामेन दिनेश पराजुलीले खिचेका हुन् भने सम्पादन दिनसन साहले गरेका छन् । त्यस्तै,  भिडियोको निर्देशन एवम् कोरियोग्राफी केशव राज भट्टले गरेका छन् ।

भिडियो हेर्नुहोस :