कर्णालीमा माओवादीबाट डोल्पाकी उर्मिला बनिन् राज्यमन्त्री

सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रिमण्डललाई समावेशी बनाउनका लागि राज्यमन्त्री नियुक्त गरिएको छ । नेकपा माओवादी केन्द्रले डोल्पाकी उर्मिला विश्वकर्मालाई राज्यमन्त्री बनाएको हो ।

उनलाई भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत राज्यमन्त्री बनाइएको हो । ७ सदस्यीय मन्त्रीपरिषद्मा सबै जना पुरुष मन्त्री बनेपछि माओवादीले समावेशितालाई ख्याल गर्दै राज्यमन्त्री बनाएको हो । उनले पनि पद तथा गोपनीयताको शपथ लिइसकेकी छन् । उनलाई मुख्यमन्त्री राजकुमार शर्माले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

यसअघि ८ सदस्यीय मन्त्रिमण्डललाई घटाएर ७ बनाइएको थियो ।