नरैनापुरमा नियन्त्रणमा आयो दादुरा

नरैनापुर । बाँकेको दुर्गम मानिएको नरैनापुर गाउँपालिकामा फैलिएको दादुरा नियन्त्रणमा आएको छ। स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहले बालबालिकामा दादुरा संक्रमण देखिए पनि असर नदेखिएको बताए।उनले नरैनापुर गाउँपालिकामा ९०.७४ प्रतिशत खोप प्रगति भएको बताए। दादुरा फैलिए पछि नरैनापुर गाउँपालिकाले दादुरा रुबेला बिरुद्धको खोप दिन सुरु गरेको थियो ।

नरैनापुरमा १४ हजार २२ जनालाई खोप लगाउने लक्ष्य लिएको थियो । जस मध्ये १२ हजार ७२४ जनालाई खोप लगाइएको बिबेक पौडेलले बताए । उनले भने खोप लगाउन छुटेका बालबालिकाको पहिचान गरि घरमा नै पुगेर खोप लगाउने बताए ।

नरैनापुरका संक्रमित बालबालिकाहरूलाई विश्व स्वास्थ्य संगठनका चिकित्सक तृप्ति रमन पाल लगायतका स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरी भिटामिन ए क्याप्सुल लगायतका औषधि उपलब्ध गराएको पौडेलले बताए । संक्रमित बालबालिकाहरूको थप स्वास्थ्य परीक्षण र उपचारका साथै संक्रमण नियन्त्रणका लागि नरैनापुर गाउँपालिकाको स्वास्थ्य शाखा, जनस्वास्थ्य कार्यालय र विश्व स्वास्थ्य संगठन, युनिसेफको संयुक्त प्रयासमा पहल भइहेको छ । विश्व स्वास्थ्य संगठनका चिकित्सक तृप्ति रमन पाल नरैनापुर पुगेर स्वास्थ्यकर्मी संगै खोप लगाउन छुटेका परिवारहरु संग भेट गरि खोप लगाउन आग्रह गरे पछि खोप लगाउन तयार भएको स्वास्थ्य शाखाले जनाएको छ । नरैनापुरमा २६ जना बालबालिकालाई संक्रमित भएका थिए भने ६ जना निको भइ सकेका छन् । संक्रमित बालबालिकाहरूको होम आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।