अखिल (क्रान्तिकारी) बर्दियाको २१ औँ जिल्ला सम्मेलन माघ २७ गते

बर्दिया, नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) जिल्ला सम्मेलन आयोजक समितीको बैठक सम्पन्न भएको छ ।

सङ्गठनका जिल्ला संयोजक भरत परियारको अध्यक्षतामा मंगलबार बर्दियामा बसेको बैठकले माघ २७ गते २१ औँ जिल्ला सम्मेलन गर्ने निर्णय गरेको हो ।

बैठकले भरत परियारको नेतृत्वमा २१ सदस्य जिल्ला सम्मेलन आयोजक समितीको गठन समेत गरेको छ ।

बैठकमा अखिल (क्रान्तिकारी) का केन्द्रीय केन्द्रीय सचिवालय सदस्य तथा भेरी कर्णाली इन्चार्ज डिबि शाही, नेकपा (बहुमत) का बाँके बर्दिया इन्चार्ज अनन्त, बर्दिया जिल्ला सेक्रेटरी शक्तिको उपस्थिति रहेको थियो ।