धनकुटामा भूकम्पको धक्का

ठमाडौँ , धनकुटाको मूलघाट केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर ४५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि शनिबार राति इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर तीन दशमवल सात रेक्टरस्केलको भूकम्प गएको थियो ।

केही दिन पहिले पश्चिम नेपाल केन्द्रविन्दु भएर भूकम्प जाँदा छ जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए ।