बाजुरा घटनाका घाइतेसंग मानव अधिकार मन्चको भेटघाट

बाँके, राष्ट्रिय मानव अधिकार मञ्च नेपाल बाँकेद्धारा बाजुरा जिल्लामा भएको घटनामा घाइते भएकाहरु संग भेटघाट गरी घटनाको बारेमा जानकारी लिएको छ । यही मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको लागी भएको निर्वाचनमा बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका भएको घटनाको वडा नं – १ को मतदा केन्द्रमा करिब दिउँसो ३:०० बजेतिर मतदान स्थल बाहिरका केही युवाहरू आएर हुलदंगा गर्न खोज्दा झडपमा परि घाइते भएका व्यक्तिसंग जानकारी लिएको हो ।नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराइरहेका बुढिगंगा नगरपालिका वडा नं – १ का घाइते टेक बहादुर सिहं र साँफेवर नगरपालिका वडा नं – २ अछाम निवासी प्रहरी सहायक हवलदार कृष्ण कुवरसंग बिहीबार विहान मन्चका पदाधिकारीले भेट गरी घटनाको सत्य तथ्य जानकारी लिएको हो ।

घाइतेका अनुसार बुढिगंगा नगरपाकिका-१ र त्रिवेणी नगरपालिका- ७ मा गत मंसिर ४ गते घटना भएको बताए ।विहान देखी बुढिगंगा नगरपालिका वडा नं.- १ को मतदान स्थलमा सौहाद्र र शान्तिपुर्ण वातावरणमा मतदान भएको बताए ।

करिव ३ बजे सम्म शान्तीपूर्ण रुपमा मतदाताले मतदान भइरहेकै समयमा सम्बन्धित मतदान केन्द्रमा बाहिरबाट केही युवाहरु मतदान केन्द्रमा एकाएक प्रवेश गरी धाँधली गर्दै मतदान केन्द्र अस्तव्यस्त बनाउन सुरु गरेपछी झडप भएको बुझिएको छ ।

उक्त झडपमा परी घाइते भएका केही सर्वसाधारण मानिसलाई स्थानिय स्वास्थ्य केन्द्र र केहिलाई अछामको बयलपाटा अस्पतालमा साधारण उपचार गरिएको बुझिन आएको छ, भने केही घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टरद्धारा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुर्याएर उपचार गराइरहेको मन्चले जानकारी दिएको छ ।

उक्त दिन बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नं. – ७ को मतदान केन्द्रमा समेत घटना भएको जानकारी आएको छ । उक्त झडपमा सुरक्षाकर्मीको गोली लागेर एकजनाको घटना स्थलमा र अर्को एकजनाको युवाहरु बिचको दोहोरो झडपका क्रममा मृत्यु भएको बुझिन आएको छ । त्यहाँ पनि केही सर्वसाधारण र सुरक्षाकर्मी घाइते भएको बुझिएको छ ।

घटनामा परेका घाइतेहरुको हाल सम्म कुनैपनी पक्षबाट उपचार नगरी घाइते स्वयमले उपचार गरिरहेको प्रती मन्चले घोर आपत्ती सहित सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गरेको छ ।

उक्त घटनाको जानकारीका आधारमा राष्ट्रिय मानव अधिकार मञ्च बाँकेले आम सर्वसाधारण मानिसहरुले सौहाद्र रुपमा आफ्नो अधिकारको प्रयोग गरी मतदान गर्न पाउनु पर्ने, नेपालको संविधान, २०७२ का अनुसार संविधानले दिएका नैसर्गिक अधिकारहरुको सहज रुपमा प्रयोग गर्न पाउनु पर्ने, आकस्मिक रुपमा हुने यस खालका घटनाहरुमा घाइतेहरुको उपचार राज्यले तत्काल गर्नु पर्ने, आम सर्वसाधारण जनताले शान्तीपूर्ण र भएरहित एवम सौहाद्र वातावरणमा मतदान गर्न पाउनु पर्ने, घटना भएको ठाउँमा निर्वाध रूपमा आम नागरिकले आफ्नो जिविकोपार्जन गर्न पाउनु पर्ने आधारको ध्यानाकर्षण गर्न खोजीएको छ ।

साथै सरकारले घटनामा अनाहकमा ज्यान गुमाउनु परेका व्यक्तिहरुका आफन्तहरुलाई तत्काल क्षतिपुर्ति प्रदान गर्दै घटनाको सत्य तथ्य छानविन गरि दोषिलाई कारवाही गर्नु पर्ने निष्कर्ष निकालेको छ । उक्त घटनामा मन्च बांकेले मानव अधिकारको हनन् भएको महसुस गरी आउने दिनमा यस खालका गतिविधिहरु नगर्न नगराउन पनि सम्पूर्ण सरोकारवालाको ध्यान आकर्षण गराएको छ ।

भेटघाट कार्यक्रममा रास्टिय मानव अधिकार मन्च, नेपाल बाँकेका अध्यक्ष राम बहादुर मल्ल, सचिव एकराज शर्मा, कोषाध्यक्ष शिवध्वज शाही र संस्थापक सदस्य बालकुमार शर्मा लगायतको उपस्थित रहेको थियो । बांके जिल्लामा मन्चको स्थापन गत कार्तिक १७ गते भएको र कार्यालयको स्थापन कार्तिक २६ गते भएदेखी मन्चले आफ्नो गतिविधिलाई अगाडी बढाएको सचिव शर्माले वताए ।