बैतडीमा ११३ वर्षीया वृद्वा मानमतीदेवीले गरिन् मतदान

बैतडी । बैतडीमा ११३ वर्षीया वृद्धाले मतदान गरेकी छिन् । जिल्लाको पाटन नगरपालिका–४ की मानमतीदेवी भट्टले मतदान गरेकी हुन् ।

पाटन नगरपालिका–४ स्थित उदयदेव आधारभूत विद्यालय मतदानस्थलमा पुगेर भट्टले मतदान गरेकी हुन् । बैतडीमा कैदीबन्दीले मतदान गरेका छन् ।

जिल्ला कारागार बैतडीमा रहेको अस्थायी मतदान केन्द्रमा ५ जना कैदीबन्दीले मतदान गरेका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिएका छन् । यस्तै अस्थायी मतदान केन्द्रबाटै मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरू र प्रमुख जिल्ला अधिकारीले पनि मतदान गरेका छन् ।