विराटनगरमा शंकास्पद वस्तु फेला

मोरङ, विराटनगर–३ पुष्पमार्गमा आज (शनिबार) बिहान शंकास्पद वस्तु फेला परेको छ । शंकास्पद वस्तु बम हुनसक्ने आशंकामा सुरक्षाकर्मीले सो क्षेत्रमा आवतजावतमा रोक लगाएका छन् ।

आज बिहान ७ बजे बजेतिर शंकास्पद एउटा झोला देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले शंकास्पद वस्तु फेला परेकाले नेपाली सेनाको बम डिस्पोजल टोली बोलाइएको जानकारी दिए ।

निर्वाचन मिति नजिकिएसँगै देशका विभिन्न स्थानमा शंकास्पद वस्तु फेला पर्ने क्रम बढेको छ । निर्वाचन बिथोल्ने मनासायले यस्ता गतिविधि बढेको भन्दै प्रहरीले सुरक्षा व्यवस्था थप मजबुत बनाइएको दाबी गरेको छ ।