गोकुलेश्वर बजारमा भेटिएको प्रेसरकुकर बम सेनाद्वारा निस्क्रिय

बैतडी । बैतडी र दार्चुलाको सीमामा पर्ने गोकुलेश्वर बजार नजिकैको पुलमा भेटिएको प्रेसरकुकर बम डिस्पोज गरिएको छ । सो बम नेपाली सेनाको डिस्पोजल टोलीले निस्क्रिय पारेको हो ।

कुलेश्वर बजार नजिकैको पुलमा शुक्रबार राति भेटिएको प्रेसरकुकर बम शनिबार बिहान डिस्पोजल टोलीले निस्क्रिय पारेको हो । आइतबार हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई प्रभावित गर्न एवं मतदातालाई त्रसित पार्ने उद्देश्यले बम राखिएको हुनसक्ने प्रहरीको अनुमान छ । सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।