छात्राहरुको लागी आत्मशुरक्षा तथा प्रतिरोध तालिम सन्चालन

नेपालगन्ज, पछिल्लो समय बढी रहेका महिला हिंसाका घटनाहरुलाई मध्यनजर गर्दैँ नेपालगन्जमा छात्राहरुको लागी आत्मशुरक्षा तथा प्रतिरोध तालिमको सन्चालन गरिएको छ ।नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ द्धारा सोमबार देखी छात्राहरूकाे शारिरिक विकास र आत्मसुरक्षाको लागी भन्दैँ एक महिने कराँते तालिमको संचालन गरिएको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा न. ४ का वडाध्यक्ष गोपाल पुनद्धारा उद्धघाटन गरिएको तालिममा कन्या माध्यामिक विद्यालय र गौशिया माध्यामिक विद्यालयका छात्राहरु सहभागी भएका छन् ।

तालिमद्धारा छात्राहरुमा आत्मबल बढाउनुका साथै कुनैपनी समयमा छात्राहरू माथी आइपर्ने हिंसा तथा दुर्ववहार लगायतका चुनौतिहरुलाईलाई तत्काल प्रतिरोध गर्ने क्षमताको विकाशको लागि उक्त तालिमको आयोजना गरिएको वडाध्यक्ष पुनले जानकारी दिए ।

उनले यो कार्यक्रम तत्काललाई एक महिनाको आधारभुत तालिम कार्यक्रम भएपनी आवश्यकता अनुसार पढाएर लिने समेत जानकारी दिए ।