बाँकेमा हुने फोटो कन्टेस्ट प्रतियोगिता आजबाट सन्चालन

कोहलपुर, बाँके जिल्लामा हुन लागेको फोटो कन्टेस्ट प्रतियोगिता आजबाट संचालनमा आएको छ । दशै तिहारको उपलक्ष्यमा फोटो कन्टेस्ट प्रतियोगिता संचालनमा आएको हो ।फोटो कन्टेस्ट २०७९ को आयोजनामा हुने यस प्रतियोगितामा बाँके जिल्लाबाट मात्रै प्रतिस्पर्धीले भाग लिन पाउने आयोजक टिमले बताएको छ ।

“दशै तिहारको उमंग, मनाउनेछौ तपाईहरु संग” भन्ने मुल नाराका साथ उक्त प्रतियोगिता असोज १० गते (आज) देखि कात्तिक ११ गते सम्म (१ महिना) नियमित सामाजिक संजाल फेसबुक मार्फत संचालन हुने कार्यक्रमका संयोजक गणेश बिष्टले बताएका छ्न ।” उनका अनुसार सहभागी हुने प्रतियोगिको फोटोमा प्राप्त हुने लाईक सेयरको आधारमा मुल्यांकन गरि प्रथम, दृतिय र तृतीय विजेता छनौट गरिने बिष्टले जनाएका छन ।

प्रतियोगिताबाट प्रथम हुनेलाई आकर्षक चादिको औँठी, ५ हजारको डेण्टल उपचार निशुल्क, १ महिना नृत्य कोर्स निशुल्क र प्रमाणपत्र त्यसैगरी दृतिय हुनेलाई आकर्षक चादिको औँठी ३ हजारको डेण्टल उपचार निशुल्क, १ महिना नृत्य कोर्स निशुल्क र प्रमाणपत्र । र तृतीय हुनेलाई आकर्षक चादिको औँठी , २ हजारको डेण्टल उपचार निशुल्क, १ महिना नृत्य कोर्स निशुल्क र प्रमाणपत्र वितरण गरिने आयोजक समितिले जनाएको छ ।

प्रतियोगितामा भाग लिने प्रतिस्पर्धीले आफ्नो नाम, ठेगाना र फोटो फेसबुक पेज https://www.facebook.com/Photo-Contest-2079-123770905685631// अथवा [email protected] मेल आईडीमा पठाउन सकिने आयोजक टिमले जनाएको छ ।