बागेश्वरी क्याम्पसमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

कोहलपुर, मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा विजया दशमी, शुभदिपावली र छठ पर्वको पावन अवसरमा क्याम्पसमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख दान बहादुर हमालले क्याम्पसको बृहत्तर विकासको लागि दुर्गामाताले सबैको हित होस भन्ने शुभकामना दिए । साथै उनले हाल विश्वविद्यालयको स्नातक तह बिएड, विएस, विए सहित विविए कार्यक्रमको लागि भर्ना अभियानमा लाग्न निर्देशन दिए ।

भर्ना कार्यक्रमलाई प्रभावकारी तरिकाले लाग्न र आम अभिभावकको लागी कोहलपुरमा एउटा मात्र सरकारी आंगिक क्याम्पस भएकोले अभिभावकले बुझ्न् र प्राध्यापक कर्मचारीले बुझाउन आवश्यक रहेको जानकारी गराए । निकै सस्तो शुल्कमा पढाइ भएको, निकै सुविधा सम्पन्न आफ्नो भवन, पुस्तकालय, वाचनालय, प्रक्रुतिम रमाउदै, अनुभवी र योग्य प्राध्यापकबाट प्राध्यापन हुने, स्नातक तहमा हरेक संकायगत र तहगत १७ प्रतिशत छात्रवृत्ति भएकोले अभिभावकहरुले ध्यान दिन अनुरोध गरे ।

कार्यक्रममा पुर्व क्याम्पस प्रमुखहरु खगराज पन्त, ध्रुब कुमार अधिकारी, शिशिर कुमार शर्मा, पुर्व सहायक क्याम्पस प्रमुखहरु सुशील अधिकारी, कृष्ण अधिकारी, विभागीय प्रमुखहरु एकराज शर्मा, ज्ञानेन्द्र शाही, खोपिराम वलि, अनुप शाही, प्रमोद सुवेदी लगायत प्राध्यापकहरु टेकेन्द्र कुमार महतरा, जीवन सिह राठौर, ललित चन्द, प्राध्यापक संघका सभापति राजकुमार चन्द लगायत प्रशासकिय अधिकृत वेदराज लम्साल, कर्मचारी संघका अध्यक्ष शिव प्रसाद रेग्मीको उपस्थिति रहेको थियो । साथै विभिन्न वैचारिक संघ संघठनका सभापति एवम् अध्यक्षहरुको उपस्तिथि थियो । कार्यक्रमको आयोजना प्राध्यापक संघ र क्याम्पस प्रशासन संयुक्त आयोजनामा सम्पन्न भएको थियो ।