बाँकेमा फोटो कन्टेस्ट प्रतियोगिता हुँदै

कोहलपुर, बाँके जिल्लामा फोटो कन्टेस्ट प्रतियोगिता सुरुहुने भएको छ । दशै तिहारको उपलक्ष्यमा फोटो कन्टेस्ट प्रतियोगिता संचालन हुने भएको हो ।फोटो कन्टेस्ट २०७९ को आयोजनामा हुने यस प्रतियोगितामा बाँके जिल्लाबाट मात्रै प्रतिस्पर्धीले भाग लिन पाउने आयोजक टिमले बताएको छ ।

“दशै तिहारको उमंग, मनाउनेछौ तपाईहरु संग” भन्ने मुल नाराका साथ उक्त प्रतियोगिता असोज १० गते देखी कात्तिक ११ गते सम्म अनलाईन फेसबुक मार्फत संचालन हुने कार्यक्रमका संयोजक गणेश बिष्टले जानकारी दिए । उनले अनुसार सहभागी हुने प्रतियोगिको फोटोमा प्राप्त हुने लाईक र सेयरको आधारमा प्रथम, दृतिय र तृतीय विजेता छनौट गरिने जानकारी दिए ।

प्रतियोगिताबाट प्रथम हुनेलाई आकर्षक चादिको औँठी, ५ हजारको डेण्टल उपचार फ्री, १ महिना डान्स कोर्स फ्री र प्रमाणपत्र, त्यसैगरी दृतिय हुनेलाई आकर्षक चादिको औँठी सहित ३ हजारको डेण्टल उपचार फ्री, १ महिना डान्स कोर्स फ्री र प्रमाणपत्र । र तृतीय हुनेलाई आकर्षक चादिको औँठी, २ हजारको डेण्टल उपचार फ्री, १ महिना डान्स कोर्स फ्री र प्रमाणपत्र वितरण गरिने आयोजक समितिले जनाएको छ ।

प्रतियोगितामा भाग लिने प्रतिस्पर्धीले आचारसंहिता पालना गरि सहभागी हुन पाउने छन् ।

यस्तो छ प्रतियोगितामा सहभागीले पालना गर्नुपर्ने आचारसंहिता…