सुनवल नगरपालिकाको शिक्षा शाखामा क्रान्तिकारीको ताला

रुपन्देही, नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) नवलपरासीले सुनवल नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरेको छ ।विद्यार्थीका जायज मागहरुलाई नगरपालिका शिक्षा शाखाले बेवास्ता गरेको भन्दैँ बिहिवार तालाबन्दी गरिएको क्रान्तिकारीले जनाएको छ ।

सङ्गठनको तर्फबाट भाद्र २५ गते सुनवल स्थिति लुम्बिनी मावीका शिक्षक रुक बहादुर बलालको शैक्षिक प्रमाणपत्रको छानबिनको माग सहित शिक्षा शाखालाई मागपत्र बुझाएको थियो । उक्त मागप्रति नगरपालिकाको शिक्षा हेर्ने निकाय मौन रहेर बेवास्ता गरिएकोले तालबन्दी गर्न सङ्गठन वाध्य भएको अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा नवलपरासी नवलपुर इन्चार्ज सन्देश सापकोटाले जानकारी दिए ।

उनले घटनाको निष्पक्ष छानबिन गरेर दोशिलाई कडा काराबाही नगरिएको खण्डका सङ्गठन चरणबद्ध रुपमा थप संघर्षमा जाने कुराको चेतावनी समेत दिएका छन् ।