नेपालगन्ज उपमहानगर-४ मा निशुल्क स्वास्थ शिविर हुँदै

नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका वडा न.४ का निशुल्क स्वास्थ्य शिविर सन्चालन हुँने भएको छ ।वडाकार्यालयको सहजीकरणमा बिशेषज्ञ डाक्टरसहितको निशुल्क निशुल्क औषधी सहितको स्वास्थ्य शिविर सन्चालन हुन लागेको वडाध्यक्ष गोपाल पुनले जानकारी दिए ।

डेंगु र मलेरिया (औलो)को रगत जाँच सहितको बिशेषज्ञ डाक्टर र निशुल्क औषधिसहितको शिविर स्वास्थ प्रवर्धन केन्द्र गणेशपुरमा बिहिवार बिहान १० बजे देखि सन्चालनमा आउने उनले जानकारी दिए ।