लक्ष्मी माबिमा हाजिरिजवाफ कार्यक्रम सम्पन्न

कोहलपुर, बाँके जिल्लाको कोहलपुर नगरपालिकामा अवस्थित लक्ष्मी माध्यामिक विद्यालयमा हाजिरीजवाफ कार्यक्रम सम्पन्न भएको छ । मध्यपश्चिम विश्व विद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर स्नातकोत्तर तह एम एड चौथो सेमेस्टर अभ्यास शिक्षण समुहले हाजिरजवाफ कार्यक्रमको आयोजना गरेका हुन् ।उक्त कार्यक्रमका प्रमुख अतिथी तथा बागेश्वरी बहुमुखी क्याम्पसका पाठ्यक्रम तथा मूल्याङकन विभागका विभागीय प्रमुख एकराज शर्माले शिक्षाले मानवलाई सद्मार्गमा हिड्न प्रेरित गर्ने बताउदैँ उनले मानव जन्म देखि मृत्य नहुँदासम्म निरन्तर सिकिरहने बताए ।‘मानिसले आर्जन गरेको शिक्षा जति बाड्यो त्यति नै बढ्दै जाने तर क्षय वा रिक्तिएर जादैन । विद्यार्थीहरुले अनुशासनको पालना गदैँ आज्ञाकारी बन्नपर्छ र आफ्नो लक्ष्यमा निरन्तर अगाडि बढ्नु पर्छ । उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ?’

लेखनाथ पौडेलको कविताका हरफहरु सुनाउँदै उनले शिक्षा लिएको मानिस सधै मिलनसार र अरुको समान गर्ने खालको हुने बताए । साथै उनले शिक्षाले मानिसको सर्वाङ्गिण पक्षको विकास गर्ने कुरा समेत बताए ।कार्यक्रममा विशिस्ट अतिथि एवं लक्ष्मी माध्यमिक विद्यालयका मा.वि इन्र्चाज श्रीभन्द्र सुवेदीले अतिरिक्त क्रियाकलापले विभिन्न विषयको ज्ञानलाई सिक्ने अवसर प्राप्त गरेको कुरा व्यक्त गरे । आफुहरु शिक्षाको क्षेत्रमा काम गरिरहेपनी शिक्षाले आमुल परिवर्तन ल्याउने भएकोले विद्यार्थीले आफ्नो कर्तव्य पालना गर्नु पर्ने विचार व्यक्त गरे ।त्यसैगरी कार्यक्रमका अतिथि चुरामणी ढकालले अभ्यास शिक्षणका विद्यार्थीहरुले गरेको यो अतिरिक्त कार्यक्रमले सिकेका कुराहरुलाई प्रष्टफुटन गर्न सहयोग गर्ने कुरा स्पष्ट पारे ।कार्यक्रमको स्वागत मन्तव्य ओमकार शर्माले गरेका थिए । कार्यक्रममा ४ समुहले भाग लिएका थिए । कक्षा १२ का विद्यार्थीहरुमध्ये समूह ‘क’ मा पूजा थापा, आशिक हमाल, विकास के.सी, जिवन वम, समूह ‘ख’ मा दुर्गा खत्री, विनिता रावत, उमेश देवकोटा, विशाल कोइराला, समूह ‘ग’ मा महेश धिताल, किरण कुमारी थारु, रुवि शाही, सरिता आचार्य, समूह ‘घ’ मा झलक महतरा, मिलन फौजा, मनिषा थापा, ईश्वरी थारु सहभागि प्रत्यक समूहबाट एकएक जना टोली नेता छनौट भएका थिए ।हाजिरि जवाफ प्रतियोगितामा प्रश्न सोध्ने काम कृष्ण कुमार शाही, समय हेर्ने कुसुम कुमारी थापा, कुन समूहलाई प्रश्न सोध्ने भनि किटान गर्ने काम प्रकाश आचार्य, अकं प्रदान गर्ने खडानन्द डाँगी, सोधिएका प्रश्नको अकं मेटाउनेमा सावित्रि कुमारी चौधरी, व्यवस्थापनको सहजीकरण अनिता खड्का, ओमकार शर्माले गोला टिप्न लगाई पालो निर्धारण गराए ।
यस्तै सम्पूर्ण समूहलाई सोधिएका २४ प्रश्न मध्येसमूह ‘घ’ का झलक महतरा, मिलन फौजा, मनिषा थापा, ईश्वरी थारुले ६ अकं प्राप्त गरि प्रथम स्थान हासिल गरे । समूह ‘ख’ का दुर्गा खत्री, विनिता रावत, उमेश देवकोटा, विशाल कोइरालाले ५ अकं प्राप्त गरि द्धितिय स्थान हासिल गरे । समूह ‘क’ का पूजा थापा, आशिक हमाल, विकास के.सी, जिवन वमले ४ अकंका साथ तृतिय स्थान हासिल गरे । कार्यक्रमको अन्तमा कार्यक्रमका सभापितले मन्तव्य सहित कार्यक्रमको समापन गरेका थिए ।