नेपालगन्ज-४ मा नि:शुल्क मानसिक स्वास्थ शिवीर सन्चालन हुँदै
प्रकासित मिति : २०७९ भाद्र २४, शुक्रबार ०९:१०
प्रकासित समय : ०९:१०
नेपालगन्ज, बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ को आयोजनमा नि:शुल्क मानसिक स्वास्थ शिवीर सन्चालन हुने भएको छ ।
जिल्लाको उपमहानगरपालिका-४ को वडा कार्यालयको प्राङ्गणमा शनिबार शिविर सञ्चालन हुने वडा अध्यक्ष गोपाल पुनले जानकारी दिए ।
उनले शिविरमा मानसिक समस्या भएकाहरुलाई उपचार र परामर्श सेवा प्रदान गरिने बताउदैँ शिविरमा आउने नागरिकले यस अघी कुनै मानसिक स्वास्थ्य सम्बन्धी औषधि सेवन गरिरहेको भएमा औषधिको पर्चा समेत ल्याएर आउन जानकारी दिए ।
वडाध्यक्ष पुनले शिबिरमा बिरामीहरुलाई नि:शुल्क औषधी समेत बितरण गर्ने भएकोले मौकाको फाईदा उठाउन आग्रह गर्नु भएको छ। साथै वडाको हरेक नागरिकको स्वास्थ्यको अधिकार प्रत्याभूतिको लागि वडा समिती निकै सबेदनशिल रहेको समेत उनले बताए ।

