ज्ञानोदय पुस्तकालयले गर्यो सरसफाई कार्यक्रम

कोहलपुर, ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरले सरसफाई कार्यक्रम सम्पन्न पन्न गरेको छ । पढौ पढाऔ शिक्षाका लागि नियमित पुस्तकालय जाऔँ भन्ने मूलनाराका साथ १५ औँ रास्ट्रिय पुस्तकालय दिवसको पुर्व सन्ध्यामा आज सरसफाई कार्यक्रम आयोजना गरिएको ज्ञानोदय पुस्तकालयका सचिव एकराज शर्माले जानकारी दिए ।सरसफाई कार्यक्रमको समुदघाटन ज्ञानोदय पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराई तथा उपाध्यक्ष एवं सरसफाई कार्यक्रमका उप-समितिका संयोजक मणि प्रसाद गैरेले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा सचिव एकराज शर्मा, सदस्य चुरामणी ढकाल, पतिराम थारु सहित पुस्तकालयका कर्मचारी सहित पुस्तकालय वरिपरिका सम्पूर्ण व्यापारी सहितको उपस्थितमा भएको थियो । सरसफाई कार्यक्रमको सामाग्री सहयोग कोहलपुर नगरपालिका वडा नं ११ ले गरेको थियो ।

पुस्तकालयले यही भदौ १५ गतेका दिन पुस्तकालय दिवसको अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको स्व. हरि प्रसाद पौडेलको स्मृतिमा स्थापना गरिएको अक्षकोषबाट स्व. हरि प्रसाद पौडेल ज्ञानोदय समाज सेवा सम्मानबाट कोहलपुर नगरपालिका वडा नं -१२ निवासी शिक्षा प्रेमी तथा समाजसेवी गोविन्द प्रसाद ढकाल लाई सम्मान गर्ने, पुस्तकालयले हरेक वर्ष प्रदान गर्दै आएको पुस्तकालयमा नियमित रूपमा पढ्ने उत्कृष्ट पाठक सम्मान बाट कोहलपुर नगरपालिका वडा नं ८ निवासी हरिवंश रानामगरलाई सम्मान गर्ने तथा पुर्वकार्य समितिबाट कोहलपुर वडा नं -१२ निवासी श्रीमती हरि आचार्यलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको सचिव शर्माले बताए ।