पचाल झरनाले गर्यो भेडा-बार्खा किसानलाई कृषी समाग्री बितरण

कालिकोट, जिल्लाको पचाल झरना गाउँपालिकाले भेडा बार्खा पालक कृषकहरुलाई कृषि समाग्री बितरण गरेकाे छ ।गाउँपालिकाले ५५ जना पालिका भित्रका भेडा बार्खा पालक कृषकहरुलाई पाल, कैँची पाल्सी र जुत्ता लगायतका बर्षा याममा आबश्यक पर्ने समाग्रिहरु बितरण गरिएकाे जनाएको छ ।गाउँपालिकाका अध्यक्ष देबराज शाही, उपाध्यक्ष अल्किना बम, प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र बहादुर बम र अन्य जनप्रतिनिधि र कर्मचारीकाे उपस्थितिमा बिहिबार भैडा बाख्रा पालक कृषकहरुलाई समाग्री बितरण गरिएकाे हाे ।कृषकहरुलाई ब्यबसायिक रुपमा लैजानका लागि प्रत्येक बर्ष प्राेत्साहन विभिन्न खाले कार्यक्रम सचालन गरिने गाउँपालिकाले जनाएको छ ।पालिकाले यस अधिका दिनमा पनि कर्णाली प्रदेशकै पहिलो र एकमात्र गाेठालाे भर्ता दिने कार्यक्रमको निर्णय गरेर कार्यान्वयनमा ल्याइसकेको छ ।