घाटगाउँ देखि गुटु बिशालबजार सम्म कालोपत्रे हुदैँ, अर्थमन्त्री विष्टद्धारा सिलान्यास

विरेन्द्रनगर, सुर्खेतको चौकुने गाउँपालिकाको वार्ड नमवर ९ घाटगाउँ देखी गुटु बिशालबजार सम्म १३.७ कि.मी कालोपत्रे हुने भएको छ । मंगलबार कर्णाली प्रदेश सरकारका अर्थ मन्त्री विन्दमान बिष्ट र कर्णाली प्रदेश सभाकी उपभामुख पुष्पा घर्ती बिष्टले उक्त बाटोको शिलन्यास सहित उद्घाटन गरेका छन् ।

घाटगाउँ, गुटु, साल्म, कोइरालबास नामाकरण गरिएको सडक खण्डको कुललागत रु ६३,०५१४५१३.४० रहेको थियोे भने ठेक्का सम्झौता रकम रु ३८५६३९५३५.७० भएको पाइएको छ ।

सडकको जम्मा लम्बाई १० मि रहेको छ भने कालोपत्रे सडकको चौडाइ ७.० मि हुने भएको छ । सडकको ठेक्का काठमाडौंको अनक कन्ट्रकस्नले लिएको छ ।

बृहत् जनमासको उपस्थितमा उद्घाटन भएको कार्यक्रममा गाउँपालीकाका अध्यक्ष खड्ग बि.क बाँस्पाने, वडाअध्यक्ष कमल जिसी, धनिरामा धमाला, नेकपा (मओवादी केन्द्र) चौकुने गाउँपालिकाका अध्यक्ष गंगाराम बिक, पुर्वाधार निर्देशनालएका निर्देशक रामशरण आचार्य, निर्देशनालयका ईन्जिनियर तथा अनक कन्ट्रक्सनका प्रोप्राइटरको पनि उपस्थिति रहेको थियोे।

प्राकृतिक भुबनोटले सुगम भएता पनि सुर्खेत पश्चिममा अझै बिजुलीबत्ती पुग्न सकेको छैन बिजुलीबत्तीको सास्ती खेपी रहेका जनताको सास्ती चाडैनैँ हट्ने मन्त्री बिष्ट ले बताए । प्रदेश सरकारका अन्य मन्त्रालय तथा अर्थ मन्त्रालयबाट बिनियोजित रकमबाट निर्माण भएका भौतिक पुर्वाधारहरुको स्थलगत निरक्षण पनि मन्त्रीले गर्नु भएको थियोे ।