बाँकेको जानकीबाट दश लाखको यार्सागुम्बा बरामद

नेपालगञ्ज, सशस्त्र प्रहरीले बाँकेको जानकी गाँउपालिकाबाट करीब १० लाख रुपैयाँ बराबरको यार्सागुम्बा बरामद गरेको छ ।जानकी गाँउपालिका–१ पंचपोखरा ईलाकाबाट सशस्त्र प्रहरीले ४५० ग्राम यार्सागुम्बा बरामद गरेको हो ।

अवैधरुपले नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त यार्सागुम्बा सशस्त्र प्रहरी बल नेपाल बिओपी जयसपुरले बरामद गरेको जनाइएको छ ।

सो यार्सागुम्बा ल्याउने व्यक्ति गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्नासाथ सोही ठाउँमा छाडेर भागेका थिए । बरामद यार्सागुम्बा आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय नेपालगञ्जमा बुझाइएको छ ।