जानकीमा मोहर्रम पर्वको अवसरमा सार्वजनिक दिने निर्णय

नेपालगन्ज, बाँकेको जानकी गाउँपालिकामा मुस्लिम धर्मावलम्बीहरूको महान पर्व मोहर्रमको अवसरमा सार्वजनिक विदा दिइएको छ । गाउँपालिकाले सोमवार एक सूचना प्रकाशित गरि मगंलवार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
गाउँकार्यपालिको सोमबार बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरूको महान पर्व मोर्हरमको अवसरमा गाउँपालिका स्थित रहेको स्वास्थ्य संस्थाको वर्थिङ सेन्टर बाहेक गाउँपालिका र सो अन्तरगत शिक्षण संघ संस्था र वडा कार्यालयहरूमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

जानकी गाउँपालिकामा मुस्लिम समुदायको बाहुल्यता रहेको र सबै समुदायले यस दिनलाई शान्ति र सदभावको पर्वको रुपमा मनाउने भएकाले अरेबिक क्यालेन्डर मोर्हरमको दस तारीख मंगलबारका दिन सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष छ्ब्बन खाले जानकारी दिए ।

मुस्लिम समुदायले मात्र नभई यस पर्वलाई अन्य समुदायले पनि मनाउने भएकाले यस गाउँपालिक क्षेत्रमा आपसी भाईचाराको सम्बन्ध स्थापित गराउन सो पर्व मनाउने गरेकाले सार्वजनिक विदा दिइएको खाँले बताए ।