आयल निगम कार्यालय अघाडी विद्यार्थीको बिरोध प्रर्दशन

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले नेपाल आयल निगमको कार्यालयमा पुगेर विरोध प्रदर्शन गरेको छ ।

अन्तरराष्ट्रिय मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरियोस् भन्ने माग राखेर आयल निगमको कार्यलयमा विरोध प्रर्दशन गरेको सो संगठनका सचिवालय सदस्य गोबिन्द बिस्टले जानकारी दिए ।

विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का अध्यक्ष मिलन राईले अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे अनुसार नेपालमा पनि मूल्य घटाउनु पर्ने माग सरकारसित राखे । अन्तरास्टिय बजारमा मुल्य बृद्दि भएको हवाला दिदै इन्डियन आयल कर्पोरेसनले मुल्य बढाए लगत्तै रातरात मुल्य बृद्दि गर्ने आयल निगम मुल्य घटेर आएको हप्तौ बितिसक्दा पनि मुल्य घटाउदैन ‘तत्काल पेट्रोलियम पदार्थको मुल्य समायोजन गरीयोस – अध्यक्ष राईले भने ।

साथै उनले मूल्य नघटाए देउवा सरकार विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी पनि दिए । अन्तराष्ट्रिय बजारमा पटक पटक पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि नेपालमा मूल्य घटेको छैन । नेपाल सरकारले यसबारेमा खासै वास्ता नगरेको अध्यक्ष राईको भनाई रहेको छ ।

नेपाली जनताको दैनिक जीवन सहज बनाउनका लागि सरकारले छिटो भन्दा छिटो महँगी नियन्त्रण गर्नुपर्ने पनि संगठनको माग छ ।