जाजरकोटमा प्रज्वल सङ्गठन सुदृढीकरण अभियानको उद्घघाटन

जाजरकोट, धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको नेकपा (बहुमत) निकट वअखिल (क्रान्तिकारी) जाजरकोटले प्रज्वल सङ्गठन सुदृढीकरण अभियानको थालनी गरेको छ । बिहिवार जिल्ला सदरमुकाम खलंगामा एक कार्यक्रमबाट उक्त अभियान उद्घाटन गरिएको हो ।उक्त उद्घाटन कार्यक्रममा बोल्दै सङ्गठनका केन्द्रिय सदस्य कमरेड दिपेन्द्र सिंहले विप्लवहरुले महान सहिदहरुको सपनालाई छोडेर संसदिय संसोधनबादमा विलय भएको बताए । उनले व्यक्तिगत इच्छा र आकङ्क्षालाई तिलान्जली दिदै वर्गिय मुक्तिको लागी आन्दोलनमा होमिएर सिङ्गो जिबनको बलिदानि दिने सहिद र सहिदका सपनाहरुको वेवास्ता गरेर विप्लवहरुले अझैपनी क्रान्तिका मिठा सपना बाडेर कसैले विश्वास नगर्ने बताए ।

यस्तै कार्यक्रममा पार्टीका जिल्ला सचिवालय सदस्य हिमाल, अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य तुल्सी मल्ल, सहिद स्मृती युवा क्लव अध्यक्ष एवम पत्रकार प्रेम बिश्वकर्मा, जाजरकोट साहित्यक आवाजका अध्यक्ष रिदम परियार लगायत जिल्लाका अन्य अग्रज व्यक्तित्वहरुको आथित्यता रहेको थियो ।

सोही अवसरमा ‘नेपालको शैक्षिक समस्या र सामाधानका विकल्प’ बिषयक बक्तृत्वकला प्रतियोगिता पनि सम्पन्न भएको छ । जसमा प्रथम स्थान ल्याउन सफल बिनु बि.क., द्वितीय स्थान बिपना सिंह, तृतीय स्थान प्रबिन रावत र सान्त्वना स्थान रमिता सिंह लगाएतका ब्यक्तिहरुले हासिल गरेका थिए । सयौं विद्यार्थीको सहभागिता रहेको उक्त कार्यक्रमको सन्चालन (अखिल क्रान्तिकारी) का जिल्ला समिती सदस्य सन्तोस नेपालीले गरेका थिए । भने कार्यक्रमको सभाध्यक्ष जिल्ला संयोजक तिलक बिष्टले गरेका थिए ।

जाजरकोट जिल्लाभर सन्चालन हुने उक्त अभियान मार्फत बिधमान शैक्षिक समस्याको खबरदारी र छलफल, सङ्गठन विस्तार तथा पुर्नगठन, विद्यार्थीको क्षमता अभिवृद्दिको लागी अतिरिक्त क्रियाकलापको आयोजना लगायतका कार्यक्रमहरु सन्चालन गरिने सङ्गठनका जिल्ला संयोजक बिष्टले जानकारी दिए ।