मेयर हर्क साम्पाङले गाएको गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं, धरान उपमहानगरपालिकका मेयर हर्कराज राई साम्पाङ सहितका गायकले गाएको गीत सार्वजनिक भएको छ। सेवक अभियानले सुरु गरेको ‘स्वास्थ्यका लागि पदयात्रा’ अभियानलाई समेटेर बनाइएको ‘हाइकिङ गीत’ गीत सार्वजनिक गरिएको हो। गीतको रचना राजीव हलुवाइले गरेका हुन्। उनी पदयात्राका अभियन्ता पनि हुन्।

उक्त गीतमा चर्चित गायक तथा गायिकाहरू राजेशपायल राई, रमना श्रेष्ठ, मेलिना राई, प्रश्ना शाक्य, डिल्ली फोम्बो, शिव लामिछाने, पम्फा चाहारसँगै धरानका मेयर साम्पाङले पनि स्वर दिएका छन्। गीतमा सङ्गीत मनोज मोतेकाे रहेकाे छ।