परिक्षा दिन गएका छात्रा माथि गरिएको दुर्व्यवहार प्रति क्रान्तिकारीको ध्यानाकर्षण

घट्नामा संलग्न दोषीलाई कारवाही गर्न माग

काठमाण्डौँ, नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) केही दिन पहिले मकवानपुर जिल्लाको हेटौंडा बहुमुखी क्याम्पसमा परिक्षा दिन गएको छात्रा माथि शिक्षकले गरेको दुरव्यवहार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सङ्गठनको केन्द्रीय छात्रा बिभाग इन्चार्ज इन्दु वलिले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दैँ छात्रा माथि भएको उक्त घटनामा गम्भीर ध्यानाकर्षण भएको बताउदैँ घट्नामा संलग्नलाई कडा कारबाहीको माग समेत गरिएको छ।

छात्रा बिभाग इन्चार्ज वलिद्धारा हस्ताक्षरित विज्ञप्तिमा लेखिएको छ ‘ हाम्रो सङ्गठन विद्यार्थीका शैक्षिक, मनोवैज्ञानिक एवम् सामाजिक विषयवस्तुका साथै छात्राहरु माथिको विभेद, यौनहिंसा, मानसिक दबाब र दुरव्यवहार जस्ता गलत गतिविधिका विरुद्ध निरन्तर आवाज उठाउदै आइरहेको छ । नेपाली समाजमा विगत देखि हाल सम्मका घटनाक्रमहरु हेर्दा छात्राहरु हरेक ठाउँमा असुरक्षित छन् भने शिक्षालय जस्तो ठाँउमा जहाँ सबै भन्दा बढी ज्ञानका, नैतिकताका, अनुशासनका कुराहरू सिकाइन्छ । त्यहाँ यस्ता दुरव्यवहार हुनु भनेको हदैसम्मको लज्जास्पद विषय हो ।’

साथै विज्ञप्तिमा हालै मकवानपुर जिल्लामा रहेको हेटौंडा बहुमुखी क्याम्पसमा परिक्षा दिन गएको छात्रा माथि शिक्षकले गरेको दुर्व्यवहार प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । घट्नामा संलग्न दोषी शिक्षकलाई कडा भन्दा कडा कार्वाहीको माग सहित पीडितलाई न्याय दिनुका साथै सम्पूर्ण छात्राहरूको पुर्ण सुरक्षाको ग्यारेन्टी गर्न जोडदार माग गर्दछौं ।

यस्तो छ विज्ञप्ति