ज्ञानोदय सामुदायिक पुस्तकालयको निर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

कोहलपुर, ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको कार्यसमितिमा नवनिर्वाचित पदाधिकारीहरूले पदभार ग्रहण गरेका छन । अध्यक्ष चेतकान्त भट्टराई सहित नवनिर्वाचित पदाधिकारीहरूले आज पदभार ग्रहण गरेका हुन । कार्यक्रमको संचालक शिव ध्वज शाहीले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य जानकी सापकोटाले गरेकी हुन ।

उक्त कार्यक्रममा नेपाल सामुदायिक पुस्तकालय संघका केन्द्रिय उपाध्यक्ष जयश्वर पौडेलले आफू अध्यक्ष हुँदा संचालन गरेको कार्यक्रम अहिले संचालन गर्न पनि आग्रह गरेका थिए । यो पुस्तकालयलाई नेपालको एक चिनारीको रुपमा चिनाउनका लागि अझै प्रयास गर्न पनि आग्रह गरेका थिए ।

पुर्ब सचिव रहेका निर्मल आचार्यले माइनेट नबनिर्बाचित सचिव एकराज शर्मालाई जिम्मेवारी सुम्पिदै आफ्नो कार्यकालमा भएको कार्यभन्दा राम्रो गर्न आग्रह समेत गरेका थिए । साथै उनले चेक कोषध्यक्ष पबित्रा ढकाललाई जिम्मेवारी दिएका थिए । भट्टराईले पदभार ग्रहण गर्दै आफू र आफ्नो टिमले आग्रह र पुर्वाग्रह नगरी आफ्नो जिम्मेवारीलाई निभाउने आशा राखेको समेत बताए ।

असार २५ गते कोहलपुरमा सम्पन्न निर्बाचनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो । भट्टराइ अघिको निर्वाचनमा पनि अध्यक्षमा निर्बाचित बनेका थिए । नवनिर्वाचित उपाध्यक्ष मणिप्रसाद गैरे, सचिव एकराज शर्मा, कोषध्यक्ष पबित्रा ढकाल, सहसचिव गितादेवी शर्मा, सदस्यहरु रविन्द्रप्रसाद सुवेदी, चुरामणी ढकाल, शर्मिला मल्ल, विनिता शर्मा र पतिराम थारुलाई पदभार ग्रहण गरेका छन ।