बाँकेको राप्ती नदीमा नुहाउने क्रममा एक जना बेपत्ता
प्रकासित मिति : २०७९ असार २३, बिहीबार १२:१९
प्रकासित समय : १२:१९
नेपालगञ्ज : बाँकेको राप्ती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका छन् । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ गोरधुईका २६ बर्षीय नर बहादुर कामी राप्ती नदीमा नुहाउने क्रममा वडा नम्बर ५ इन्टेक नजिकैबाट डुबेर बेपत्ता भएका हुन् ।

साथीहरु संग घाँस काट्न गएका उनको नदीमा नुहाउने क्रममा बेपत्ता भएलगत्तै खोजी कार्य शुरु गरिएको इलाका प्रहरी कार्यालय धामपुरले जनाएको छ ।

