काठमाडौंस्थित भारतीय दूतावासभित्र गोली चल्यो,सुरक्षाकर्मी दीपक सिंहको मृत्यु

नेपाल प्रहरीको टोली घटनास्थलमा

काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासभित्र गोली चलेको छ। सोमबार दिउँसो दूतावासभित्र गोली चलेको आवाज आएको थियो। घटनामा भारतीय सुरक्षाकर्मी दीपक सिंहको मृत्यु भएको छ।

उनले आत्महत्या गरेको दूतावासको भनाई छ। गोली चलेको थाहा पाएपछि नेपाल प्रहरीको टोली दूतावास पुगेको थियो। तर, दूतावासभित्र भारतीय नागरिकको मृत्यु भएको घटना भएका कारण आफैँ अनुसन्धान गर्ने भन्दै नेपाल प्रहरीलाई फर्काइएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।

मृतकको शव पोर्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।