आर्थिक चलखेलका आधारमा ठुला योजना बाँडफाड भए : सांसद शाही

सुर्खेत,कर्णाली सभा सदस्य वीर बहादुर शाहीले आर्थिक चलखेलका आधारमा योजना बाँडफाँड भएको आरोप लगाएका छन । आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफलमा बोल्दै सांसद शाहीले सांसदको सिफारिसका आधारमा नभएर बाहिरबाट भएको आरोप लगाएका हुन । उनले भौगोलीक हिसाबले नेपालकै सबैभन्दा ठुलो जिल्ला डोल्पालाई बजेटमा बिभेद गरेको समेत आरोप लगाएका छन । 

उनले सांसदमा भनेका छन हाम्रो कार्यकालको अन्तिम बजेट माथि छलफल गर्दैछौँ । प्रदेश सरकारको निति तथा कार्यक्रममा क्रमागत र बहुवर्षीय आयोजनाहरूलाई प्राथमिकता दिने र योजना अलपत्र नपरून् भन्ने हाम्रो सुझाव थियो तर त्यो सुनुाई भएन । सांसद भनेका छन मैले मेरो जिल्लामा हेर्दा बहुवर्षीय मोटरेवल पुल काटिएका छन् । हिजो भन्ने गरिएको थियो माननियहरूको सिफारिसका आधारमा योजना आउने छन् त्यो भन्दा बाहिरबाट आउने छैनन् तर मेरो जिल्लाको हकलाइ भौतिक पूर्वाधार र सडकमा एउटै बाटोमा ३ वटा योजना भएको छ,नाम पनि एउटै छ,योड एउटै हो । त्यो कसरि भयो ? उनले प्रश्न गरेका छन । कमिसन विना त गएन होला,भौतिक पूर्वाधारले सडक निर्माण गर्ने हो,तर जंगलमा जाने शिकारी बाटा खन्ने होइन । शिकारी बाटो हालिएको छ।

सांसद शाहीले खानेपानी र सिंचाइमा हेर्दा एउटै वडाको एउटै गाउँमा ८ वटा योजना गएको बताएका छन  । उनले भनेका छन कृषी र जलस्रोत मन्त्रालयबाट यो काम भएको छ । डोल्पा जिल्लामा भौतिक पूर्वाधारमा पहिले ३० करोडको बजेट थियो तर अहिले त्यो घटाइएको भन्दै आक्रोश ब्यक्त गरेका छन ।

हेर्नुस भिडियो