बाँकेमा इन्टर स्कुल ट्यालेन्ट हन्ट आयोजना हुने

बाँके, बाँकेमा टिएफएफ इभेन्ट्सद्वारा इन्टर स्कुल ट्यालेन्ट हन्ट २०२२ आयोजना हुने भएको छ । कलाको क्षेत्रमा रुचि भएकाहरुको लागी यस कार्यक्रमले अवसर प्रदान गर्ने र अन्तरनिहित प्रतिभालाई प्रवर्द्धन गर्ने आयोजक समितिले जनाएको छ।डान्स, म्युजिक, कला-साहित्य तथा विविध ४ वटा विधामा सहभागीहरुले आफ्नो कला देखाउन सक्ने र उक्त कार्यक्रमको अडिसन राउण्ड असाढ २५ गते हुने इभेन्ट संचालक कृष्ण पुनले कुशे न्युजलाई जानकारी दिएका छन ।

उनका अनुसारको ईभेन्ट्मा भाग लिनको लागी ५०० रुपैयाँ रजिस्ट्रेसन रहेको छ, भने भाग लिएका मध्य प्रथम विजेतालाई नगद ५० हजार दोस्रोलाई ३० हजार र तेस्रोलाई १५ हजार पुरस्कारको व्यवस्था रहेको उनले बताएका छन।