साउदी अरेबियाको मक्का जाने हज यात्रीहरुलाई बिदाई

बाँके । मुस्लिम धर्मालम्वीहरुको प्रमुख तीर्थस्थल साउदी अरेबियाको मक्कामा जाने हज यात्रीहरुलाई बाँकेमा औपचारिक बिदाई गरिएको छ ।मुस्लिम युवाहरुद्वारा नेपालगञ्जको इदगाहमा आयोजित एक कार्यक्रमका बिच बाँकेबाट जान लागेका हाजीहरुलाई टोपी, गम्छा र महिलाहरुलाई एहराम प्रदान गरी बिदाई गरिएको थियो ।मुस्लिम युवाहरु अधिवक्ता जमालुद्दीन अन्सारी, मानव अधिकारकर्मी आलम खान, साहिद सिद्दिकी, युसुफ अन्सारी, मोहम्मद ज्याउलहक, हज समितिका पुर्व सदस्य मेराज अहमद हिमाल, नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ का निर्वतमान अध्यक्ष मोहम्मद सफिक बेहना, राप्रपाका युवा नेता रबि बर्मा लगायतका युवाहरुले एक कार्यक्रमका बीच हाजीहरुलाई बिदाई गरेका थिए ।

बाँकेबाट हज स‌मितिमा आधा दर्जन भन्दा बढी व्यक्ति सदस्यमा नियुक्त भए पनि बिदाई कार्यक्रममा एक जनाको पनि सहभागिता रहेन । हाजीलाई बिदाईका जामा मस्जिदले कुर्सीको व्यवस्थापन गरेको थियो भने नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रसान्त विष्ट, नेपालगञ्ज ५ का वडा अध्यक्ष सराफत खान लगायतका जनप्रतिनिधिहरु इदगाहमा पुगेर हाजीहरुलाई बिदाई गरेका थिए ।