कोहलपुरमा मिटर व्याजिको आतंक : माशिक तीस प्रतिशत सम्म ब्याज लिने गरेको खुलासा

नेकपा बहुमतले गर्यो पत्रकार सम्मेलन

कोहलपुर, पछिल्लो समय नेपालमा अवैधानिक रुपमा रहेको मिटर व्याजको धन्दा दिन प्रतिदिन मौलाउदै आएको छ । चर्को ब्याजदरमा पैसा ऋण दिने तथा साँवा र ब्याज अरू थप्दै जाने अनि त्यसैका कारण ऋणिलाई शारीरिक र मानसिक यातना दिई आत्महत्या गर्न र ऋणिलाई घरवारविहीन हुन बाध्य हुने अवस्था मिटर ब्याजले बनाएको छ ।यस्तै मिटर ब्याजिहरुको जालोमा बाँकेको कोहलपुर पनि आतंक नै शिर्जना भएको कुरा पछिल्लो समय बाहिर आएको छ । कोहलपुर ११ एकतानगर निवासी सुशीला बस्नेत, गिता गिरी र रिता बिक उक्त जालोको पासोमा परेका छन ।

एकता नगरकी ऋणी रिता बिकले ऋण दिने सविता गिरी संग लकडाउनको बेला एकलाख रकम आफुले बुझी प्रमाण स्वरुप चेक दिई मासिक तीस प्रतिशत ब्याजका दरले महिनाको तीस हजारको ब्याज बुझाउदै आएको र अहिलेसम्म ऋण दिने व्यक्तिलाई दुईलाख चालीस हजार बुझाईसक्दा पनि पुनः अदालतबाट लिखित गरी फेरि एकलाखको चेक बापतको रकम बुझाउदा पनि ऋण दिने व्यक्तिले अझै दुईलाख बाकी रहेको बताउदै आफुलाई धम्की दिई फेरि रकम मागिराख्दा आफुले मानसिक यातना भोग्नुपरेको बताइन् । उनका अनुसार आफ्नो सुरक्षाको लागी प्रहरी कार्यलयमा जादा उल्टै ॠण दिने व्यक्तिले मुद्दा हाली ८ दिनसम्म हिरासतमा बस्नु परेको पीडित बिक बताउन्छिन ।त्यस्तै मिटर ब्याजिबाट पिडित अर्का ऋणीहरु सुशीला बस्नेत र गिता गिरी घरबार नै छोडेर सम्पर्कविहिन भएको छिमेकी बताउन्छन । यी तीन जना मात्र नभएर गाउँका धेरै महिलाहरु गिरीबाट पिडित भएको स्थानिय बताउछन् ।

लेनदेन सम्बन्धि कानुनी प्रावधान कस्तो छ ?

मुलुकी देवानी संहिता २०७४ को भाग ४ परिच्छेद १५ को दफा ४७६ मा ‘लिखित नगरी लेनदेन गर्न नहुने’, यस्तै दफा ४७८ को उपदफा १ बमोजिम साहुले ऋणीबाट लिन पाउने ब्याजको रकम सावाँ रकमको वार्षिक दश प्रतिशत भन्दा बढी हुने छैन् भन्ने कानुनी प्रावधान रहेकोछ । तर यहाँ अवैधानिक रुपमा कानुनको नियम उलंघन गरी ऋणीलाई मासिक ३० प्रतिशत ब्याजका दरले रकम असुल्दै लिखितनै नगरी लेनदेन गर्दापनि सरोकारवाला निकाय र स्थानीय प्रशासन मौन बसिरहेको देख्न सकिन्छ ।

यस विषयमा हामिले ईलाका प्रहरी कार्यलय कोहलपुरका प्रमुख डिएसपी एन बहादुर मल्ल संग जवाफ लिन खोज्दा गर्दा उनले आफु संग कुनै जवाफ नभएको बताए ।

मिटर ब्याजिहरुलाई कारबाहीको माग गर्दैँ नेकपा बहुमतले गर्यो पत्रकार सम्मेलन :

पछिल्लो समय मिटर ब्याजको अवैध धन्दा मौलाउदै आएको विषयलाई लिएर धर्मेन्द्र बास्तोला ‘कन्चन’ नेतृत्वको नेकपा (बहुमत) बाँकेले पत्रकार सम्मेलन गरेकोछ ।

आइतबार गरेको पत्रकार सम्मेलनमा श्रमिक वर्गको पसिना लुटि पीडितलाई घरवारविहीन बनाउन बाध्य मिटर ब्याजले बनाएको कारण यस घटनालाई बाहिर ल्याउनको लागि पत्रकार सम्मेलन गरिएको नेकपा बहुमतले जनाएको छ ।

उक्त कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बाँके जिल्ला इन्चार्ज अनन्त क्षेत्रीले मिटर ब्याजको धन्दा अवैधानिक भएको बताएका छन । उनका अनुसार मिटर ब्याजका कारण ऋणी व्यक्ति घरवारविहीन समाजविहिन हुनुपर्ने बाध्य सिर्जना भएको र यस्ता खालका अपराधिक गतिविधि गर्ने साहुलाई सुरुमा नैतिक कारबाही गरि नसुध्रेको खण्डमा भौतिक कारबाही गरिने उनले बताए ।

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बाँकेका संयोजक परिवर्तन र इन्चार्ज अनन्त क्षेत्रिद्धारा हस्ताक्षरित मिटर ब्याजिहरुलाई कारबाही गर्नुपर्ने माग सहितको ज्ञापनपत्र बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रिलाई बुझाएको छ ।

उक्त ज्ञापनपत्रमा श्रमिक वर्गको पसिना निचोरेर अवैधानिक र अत्याचार पूर्ण तरिकाले कालो धनलाई सेतो बनाउने कार्य अर्न्तगतको एउटा प्रमुख धन्दा मिटर ब्याज देशका सबै सहरहरूमा आक्रान्त भएर मौलाएको तथ्य सर्ववित्तितै रहेको बताइएको छ । साथै यसखाले अपराधपूर्ण कार्यमा अधिकांस महिलाहरु फस्ने गरेको तथा कयौले अत्माहत्या समेत गरेका दृष्टान्त घटनाहरु नेपाली समाजले पटक पटक ब्यहोरेको छ । यसखाले कुकर्मबाट बाँके बासी जनता पनि पछिल्ला वर्षहरुमा निकै पिडित रहेको कुरा ज्ञापनपत्रमा उल्लेख छ ।

उक्त ज्ञापनपत्रको अघाडी भनिएको छ ‘हाम्रो पार्टी यो आर्थिक एवं सामाजिक अपराध कार्यको सधा विरोध गर्दै आईरहेको छ । परिणामत हाम्रो पार्टी समक्ष पिडितहरुका थुपै गुनासाहरु आईरहेका छन् । पार्टीले यसलाई सामाजिक न्यायका आधारमा सहजिकरण गर्दै आईरहेको छ ।’

‘बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ बस्ने सविता गिरीले आफ्‌नो टोल छिमेकमा रहेका दर्जनौ दिदीबहिनी हरुलाई विभिन्न बैंकहरु संग समेतको मिलेमतो गरी प्रलोभन, धम्की आदी प्रयोग मरेर लाखौको रकम ठगी गरेको पिडितहरुले पार्टी समक्ष निवेदन गरेका छन् । निज सविता गिरीले खाली चेकमा पहिले नै हस्ताक्षर गर्न लगाई र पछि आफु खुसि रकम भरी चेक बाउन्स गरी दर्जनौको उठिबास लगाएको पिडितहरुले बताएकाछन् । यो अपराध पूर्ण कार्य रोक्न एवं पिडितलाई न्याय प्रदान गर्न जिल्ला प्रशासन कार्यालयलाई गम्भिर ध्यानाकर्षण गराउदछौं।’ ज्ञापनपत्रमा उल्लेख छ ।

के भन्छन त ऋण दिने व्यक्ति सबिता गिरी ?

यस घटनाको विषयमा हामिले ऋण दिने व्यक्ति सबिता गिरिको घरमै गएर उनको प्रतिक्रिया लिएका छौ । उनको अनुसार आफुले रिता बिक संग मिटर ब्याज नभई ब्याज पनि नलिएको दावी गरिन् । उनले रिता बिकलाई तिनलाख ऋण दिएको र अहिलेसम्म एकलाख मात्र रकम पाई अब दुई लाख लिनुपर्ने उनले चेकबाट दावी गरेकी छिन । ऋण दिएर आफू स्वयम् पीडित भएको गिरिले बताइन् ।