दैलेखको आठबीसमा बस दुर्घटना, ४ जनाको मृत्यु

दैलेख, दैलेखको आठबीस नगरपालिका –३ अन्तर्गत पर्ने सिस्ने भन्ने ठाउँमा बुधबार साँझ यात्रुबाहक दुर्घटना भएको छ ।मुगु कालिकोटको जितेगडाबाट सुर्खेत आउँदै गरेको म १ ख ६६० नम्बरको बस दुर्घटनामा परि कर्णाली नदीमा खसेको हो ।  

घटनामा परी चार जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको दैलेखका प्रहरी प्रमुख भुवनेश्वरकुमार शाहले जानकारी दिए । बस सडकबाट झण्डै ५० मिटर तल नदीमा खसेको छ । बसमा ३५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।  थप विवरण आउन बाँकी छ ।