ट्रकको ठक्करबाट अटो चालकको मृत्यु हुदाँ कोहलपुर तनावग्रस्त

कोहलपुर, बाँकेको कोहलपुर पिपलचौतारा नजिकै भारतीय नम्बर प्लेटको ट्रकले अटोलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएपछि कोहलपुर तनावग्रस्त भएको छ ।नेपालगन्जबाट कोहलपुर तर्फ आउदै गरेको यूपी ३२ डीएन ४३४४ नम्बरको भारतीय ट्रकले भे १ च ४९४१ नम्बरको अटोलाई पछाडीबाट ठक्कर दिदा कोहलपुर १३ का अटो चालक रामसेबक थारुको मृत्यु भएको हो ।मृर्तकका आफन्तद्वारा कोहलपुर नेपालगन्ज सडक खण्ड चक्काजाम गरी ईलाका प्रहरी कार्यलय कोहलपुरको गेट अगाडी नारा जुलुस दिएका छन । आफुले न्याय नपाए सम्म आन्दोलन जारी रहने पीडित परिवारले बयाएका छन् ।ए