ईप्रका कोहलपुरको हिरासतमा रहेका थुनवा झुण्डिएको अवस्थामा भेटिए

कोहलपुर, ईलाका प्रहरी कार्यलय कोहलपुरको थुनुवा कक्ष भित्र एक कैदिको झुण्डिएको अवस्थामा मृत फेला परेका छन । बुधबार बिहान करिब ५ बजेतिर थुनुवा कक्षको शौचालय भित्र भेन्टिलेसनको फलाममा टिसर्टको डोरी बनाई झुण्डिएको अवस्थामा शव फेला परेको हो ।मृत फेला परेका व्यक्ति बाँकेको कोहलपुर नगरपालिका वडा न १२ का निवासी ४७ बर्षिय कृष्ण लाल कुवंर रहेको ईलाका प्रहरी कार्यलय कोहलपुरले जनाएको छ । उनी जबर्जस्ति करणी उद्योगको मुद्दामा बैशाख १९ गते पक्राउ परी हिरासत कक्षमा रहेको ई.प्र.का कोहलपुरका डिएसपी ऐन बहादुर मल्लले जानकारी दिए ।

उनको शव पोष्टमाडाम रिपोर्टको लागि भेरी अस्पताल नेपालगन्ज लगिएको छ ।

उक्त घटना आत्माहत्या कि हत्या हो ? भनी अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यलय बाँकेका प्रमुख श्याम कृष्ण अधिकारी, जनप्रतिनिधिहरु, राजनीतिक दल, मृतक पक्षका परिवार, मानवअधिकार कर्मीद्वारा उच्च स्तरमा छानबिनमा हुने डिएसपी मल्लले जानकारी दिए ।