कोहलपुरको मेयरमा कांग्रेसका पुर्ण आचार्य बिजयी

कोहलपुर, बाँके जिल्लाको कोहलपुर नगरपालिकाको मेयरमा नेपाली काग्रेसका युवा नेता पुण प्रसाद आचार्य बिजयी भएका छन् ।उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका खिल प्रसाद भुसाललाई १ हजार ९ सय २९ को मतान्तरले पराजित गर्दै मेयरमा बिजयी भएका हुन् ।

उनले १४ हजार १ सय ३४ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार भुसालले १२ हजार २ सय ५ मत प्राप्त गरेर पराजित भएका थिए । त्यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र न्यौपानेले ९ हजार ७ सय २५ मत ल्याएका हुन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी(हलो) का उम्मेदवार प्रदिप कुमार शाहले २ हजार ३ सय ६६ मत, राष्ट्रिय जनमोर्चाका उम्मेदवार भिम प्रसाद देवकोटाले ७० मत र स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दिएका देवानन्द अर्यालले ५ सय ५१ मत प्राप्त गरेका थिए ।

साथै उपमेयरमा नेपाली काग्रेसकै संगिता संवेदी विजयी भएका छन्। उनले १४ हजार ७३ मत प्राप्त गरेकी थिइन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेकी अस्मिता कुमारी थारुले १३ हजार ५ सय १७ मत प्राप्त गरेर पराजित भइन् । त्यस्तै नेकपा एकीकृत समाजवादीकी उम्मेदवार नारायणी वलीले ५ हजार ४२ मत प्राप्त गरेको हुन् ।

१५ वटा वडा रहेको नगरपालिकामा ९ वडामा कांग्रेस, ४ बडामा एमाले र २ वडामा नेकपा माओवादी केन्द्र विजयी बनेका छन् ।