बागेश्वरी क्याम्पसमा भाईवा कार्यक्रम सम्पन्न

कोहलपुर, मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर शिक्षाशास्त्र संकाय स्नातकोत्तर तह एमएड तेस्रो सेमेस्टर अन्तर्गतको परिक्षण विकास र मूल्याङकनमा तथ्यांकशास्त्रको प्रयोग ५३३ को प्रयोगात्मक कार्यको मौखिक परिक्षा भाईवा भ्वाइस सप्पन्न भएको छ ।उक्त कार्य क्याम्पस प्रमुख दान बहादुर हमालको उपस्थितमा सम्पन्न भएको थियो । उक्त भाईवा भ्वाइसमा उप-प्राध्यापक टेकेन्द्र कुमार महतराद्वारा लिईएको थियो । प्रयोगात्मक कार्यमा तथ्यांकशास्त्रको अध्ययन गरी प्रतिवेदन तयार गरेर त्यसको मौखिक परिक्षा हुने गर्द्छ ।२०७८ साल चैत महिनाको २७ गतेदेखि सत्रान्त परिक्षा सुरु भएको र उक्त परिक्षा २०७९ बैशाख १५ गते सम्पन्न भएको थियो । त्यसको लगतै आज प्रयोगात्मक कार्यको भाईवा सम्पन्न भएको पाठ्यक्रम तथा मूल्याङकन विभागका विभागिय प्रमुख एवं विषय शिक्षक एकराज शर्माले जानकारी दिए । यो कार्य गर्नका लागी उक्त विषयको एकाई ५, ६, ७ र ८ पठनपाठन गराएर सबै विद्यार्थीहरुलाई तथ्यांकशास्त्र सम्बन्धी प्रतिवेदन तयार गर्न लाएको र त्यसको अन्तिम भाईवा आज भएको हो उनले बताए । यो विषय हिजोका दिनमा त्रिभुवन विश्वविद्यालयको कोर्समा पनि राखिएको र अनुसन्धान तह अध्ययन गर्ने विद्यार्थीहरुको लागी निकै महत्त्वपुर्ण हुने कुरामा आफू विश्वस्त भएको क्याम्पस प्रमुख दान बहादुर हमालको तर्क थियो ।

भाईवा सम्पन्न भएपछी विद्यार्थीहरुलाई सिकाउदै खोज अनुसन्धान गरेर हरेक तथ्यगत प्रमाणको आधारमा प्रतिवेदन लेख्न र अरुको साभार नगर्न र गर्न परे २० प्रतिशत त्यो पनि ४० शब्दमा मात्र सन्दर्भ सूचीमा उल्लेख गर्नु पर्ने कुराको ज्ञान उप प्राध्यापक टेकेन्द्र कुमार महतराले जानकारी गराए । बागेश्वरी बहुमुखी क्याम्पस मध्यपश्चिम विश्वविद्यालय आंगिक क्याम्पस हो । यो क्याम्पस यस क्षेत्रको पुरानो अब्बल तथा उच्च जनशक्ति उत्पादन गरिरहेको क्याम्पस हो । यस बर्ष मात्र यस क्याम्पसको स्नातकोत्तर तह (एम. एड.) मा पाठ्यक्रम तथा मूल्याङकन विषय लियर अध्ययन गरेका ईशाक घले गोल्ड मेडलिस्ट भएर कुलपती पदक पाएका छ्न ।