बैशाख २२ गते मेयरका उम्मेदवार संग ककस कार्यक्रम हुने

कोहलपुर, आसन्न हुने स्थानीय तहको निर्वाचनमा कोहलपुर नगरपालिकाको मेयरका उम्मेदवारहरु संग बैशाख २२ गते कस्ले के भन्यो (ककस) कार्यक्रम हुने भएको छ।कोहलपुर जेसिजले आयोजना गर्ने उक्त कार्यक्रममा कोहलपुर नगरपालिकाको मेयर पदका उम्मेदवारहरु संग ककस कार्यक्रम गर्ने कोहलपुर जेसिजका अध्यक्ष इश्वर शर्माले जानकारी दिए ।

उनका अनुसार कोहलपुर नगरपालिकाको मेयर, उपमेयर पदका सबै उम्मेदवारमा युवा छनोट भएको र उनीहरुको अभिव्यक्ती र प्रतिबद्धता सुन्ने र मतदातालाई लागेका जिज्ञासा् राख्ने अवसर प्रदान हुने साथै गलत क्रियाकलापको खबरदारी गराउन मेयरहरुका उम्मेदवार सँगको ककस कार्यक्रममक सन्चालन गरिएको कोहलपुर जेसिजका अध्यक्ष इश्वर शर्माले जानकारी दिए ।