हिमाल शाहको साङ्गीतिक कोसेली ‘मेरी काली’ सार्वजानिक (भिडियो सहित)

काठमाडौं, युवा सर्जक हिमाल शाहको पहिलो साङ्गीतिक कोसेली ‘मेरी काली’ बजारमा आएको छ । भावना म्युजिक सोलुसनको प्रस्तुतिमा स्वयम् शाहको शब्द, बबुल गिरीको सङ्गित र गायक धमेन्द्र सुनार र विशाखा शाही ठकुरीको सुमधुर स्वर रहेको आधुनिक गीत आज (बिहिबार) सार्वजनिक भएको हो ।

भावना म्युजिक सोलुसनको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गीतले सुरुवाती चरणमै सकारात्मक प्रतिक्रिया पाएको छ । उक्त गीत सार्वजनिक भएको केही घन्टामै राम्रो भ्युज गइसकेको छ । गीतको शब्द, स्वर, सङ्गीत र म्युजिक भिडियोमा गरिएको अभिनयले तारिफ पाएको छ ।

सुमधुर प्रेम र बाध्यात्मक विछोडको प्रसङ्गमा आधारित मार्मिक गीतको म्युजिक भिडियोमा समेत मुख्य अभिनय शाह सहित सोमिया कार्की र अनिशा लामा लगायतको रहेको छ । त्यस्तै म्युजिक भिडियोको निर्देशन उपदेश तिमल्सिनाले गर्नुभएको छ ।

यस्तो छ भिडियो